BIZMANDU
www.bizmandu.com

अण्डाको भाउ व्यवसायीले हप्तैपिच्छे बढाउन थाले, क्रेटमा ३५ रुपैयाँसम्म वृद्धि

२०८२ बैशाख १९

अण्डाको भाउ व्यवसायीले हप्तैपिच्छे बढाउन थाले, क्रेटमा ३५ रुपैयाँसम्म वृद्धि
अण्डाको भाउ व्यवसायीले हप्तैपिच्छे बढाउन थाले, क्रेटमा ३५ रुपैयाँसम्म वृद्धि

काठमाडौं। अण्डाको भाउ हप्तैपिच्छे बढ्न थालेको छ। नेपाल लेयर्स कुखुरापालक संघले शनिबारदेखि लागू हुनेगरी अण्डाको भाउ प्रति क्रेट ३५ रुपैयाँसम्म बढाएको छ।

Tata
GBIME

चितवनलाई आधार मानेर अण्डाको बिक्री मूल्य बढाएको संघले जनाएको छ। संघले प्रति क्रेट एक्सएल अण्डाको मूल्य ४६०, ठूलो अण्डाको ४३५ र मिडियम अण्डाको ३८५ रुपैयाँ पुर्‍याएको छ। उपभोक्ताले यो मूल्यमा अण्डा पाउँदैनन्। संघले तोकेको थोक मूल्य हो।

अण्डा चितवनमा लोड गरेर देशभरका डिपोसम्म पुर्‍याउँदा भाडा ,कार्टुन र क्रेटको मूल्यसहित थप १४० रुपैयाँ लाग्ने संघले जनाएको छ।

गत साता संघले प्रति क्रेट एक्स एल अण्डाको मूल्य ४२५, ठूलो अण्डाको ४०५ र मिडियम अण्डाको ३५५ रुपैयाँ बिक्री मूल्य तोकेको थियो।

गर्मीका कारण उत्पादन घटेपनि माग उच्च रहेकाले भाउ निरन्तर बढेको संघले जनाएको छ।