BIZMANDU
www.bizmandu.com

सरकारको नीति तथा कार्यक्रम : भौतिक पूर्वाधारका त्रुटिपूर्ण आयोजना खारेज गरिने

२०८२ बैशाख १९

सरकारको नीति तथा कार्यक्रम : भौतिक पूर्वाधारका त्रुटिपूर्ण आयोजना खारेज गरिने
सरकारको नीति तथा कार्यक्रम : भौतिक पूर्वाधारका त्रुटिपूर्ण आयोजना खारेज गरिने


काठमाडौं। सरकारले विगतमा घोषणा गरिएका भौतिक पूर्वाधारका आयोजना पुन: प्राथमिकीकरण गरी त्रुटिपूर्ण आयोजना खारेज गर्ने घोषणा गरेको छ।

Tata
GBIME
NLIC

सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आयोजनाहरुको पुन: प्राथमिकीकरण गर्ने बताएका हुन्।

‘विगतमा घोषणा गरिएका भौतिक पूर्वाधारका सबै आयोजनाको पुन: प्राथमिकिकरण गर्ने। परियोजनालाई वर्गीकरण गरी समय तालिका निर्धारण गर्ने। सम्पन्न हुने सम्भावना नभएका आयोजना स्थगन गर्ने र त्रुटिपूर्ण आयोजना खारेज गर्ने,’ पौडेलले भने।