BIZMANDU
www.bizmandu.com

सुनको भन्सार दर ८ प्रतिशतमा झार्न व्यवसायीको माग, बजेटमा तीन संस्थाले दिए यस्तो सुझाव

२०८२ बैशाख १९

सुनको भन्सार दर ८ प्रतिशतमा झार्न व्यवसायीको माग, बजेटमा तीन संस्थाले दिए यस्तो सुझाव
सुनको भन्सार दर ८ प्रतिशतमा झार्न व्यवसायीको माग, बजेटमा तीन संस्थाले दिए यस्तो सुझाव


 काठमाडौं। व्यवसायीहरुले सुनको भन्सार दर ८ प्रतिशतमा झार्न सरकारसँग माग गरेका छन्।

Tata
GBIME
NLIC

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न १६ बुँद्धे सुझाव दिंदै भन्सार दर घटाउन माग गरेका हुन्।

सरकारले गत जेठ १५ गते बजेटमार्फत सुनको भन्सार दर १५ बाट २० प्रतिशत पुर्‍याएकामा अर्थमन्त्री विष्णु पौडेलले मंसिर पहिलो साता १० प्रतिशतमा झारेका थिए। व्यवसायीले १० प्रतिशत भन्सार पनि बढी भएको भन्दै घटाउन माग गरेका हुन्।

तीन संस्थाले सुनचाँदीको गरहनामा विलासिता कर खारेज गर्न माग गरेका छन्।

यस्तै आयकरको छुट सीमा परिवारलाई १५ लाख र व्यक्तिलाई १० लाख गरिनुपर्ने, सुन आयातको दैनिक कोटा २० किलोबाट ४० किलो पुर्‍याउनुपर्ने, सुनचाँदीका तयारी गहना आयात गर्दा भन्सार शुल्क २५% कायम गर्नुपर्ने लगायत माग व्यवसायीले अगाडि सारेका छन्।