BIZMANDU
www.bizmandu.com

दुम्कीबासस्थित वियनी खोलाको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

२०८२ बैशाख १९

दुम्कीबासस्थित वियनी खोलाको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
दुम्कीबासस्थित वियनी खोलाको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध


नवलपुर (नवलपरासी)। पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ।

Tata
GBIME
NLIC

आज बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्माण गरिएको डाइभर्सन पनि बाढीमा बगेपछि मालवाहक तथा ठूला सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएका छन्।

यात्रुवाहक र साना सवारीसाधन भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ। अवरुद्ध सडक पूर्ण रुपमा संचालन हुन समय लाग्ने सूचना अधिकारी नेपालले बताए। रासस