BIZMANDU
www.bizmandu.com

नेरुडे मिर्मिरे लघुवित्तको नाफा ७०.८० प्रतिशतले घट्यो, वितरणयोग्य नाफा ऋणात्मक

२०८२ बैशाख १९

नेरुडे मिर्मिरे लघुवित्तको नाफा ७०.८० प्रतिशतले घट्यो, वितरणयोग्य नाफा ऋणात्मक
नेरुडे मिर्मिरे लघुवित्तको नाफा ७०.८० प्रतिशतले घट्यो, वितरणयोग्य नाफा ऋणात्मक

काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्तको खुद नाफामा उल्लेख्य गिरावट आएको छ। चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा संस्थाको खुद नाफा ७०.८० प्रतिशतले घटेको छ।

Tata
GBIME

ब्याज आम्दानी बढेपनि असुली प्रभावित भएर कर्जा नोक्सानी थपिंदा नाफा प्रभावित भएको हो।

चैत मसान्तसम्म लघुवित्तले ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। पोहोर यसै अवधिमा संस्थाले १९ करोड ८३ लाख रुपैयाँ नाफा गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी ५८.८२ प्रतिशतले बढेर १ अर्ब १ करोड पुगेको छ। पोहोर ९ महिनामा लघुवित्तको ब्याज आम्दानी ६४ करोड ५ लाख थियो।

लघुवित्तको खराब कर्जा ८.८३ प्रतिशतबाट बढेर १४.८१ प्रतिशतमा पुगेको छ। चैतमा लघुवित्तको वितरणयोग्य नाफा ११ करोड ७१ लाख ऋणात्मक छ। लघुवित्तको प्रति सेयर आम्दानी ५.५२ रुपैयाँ र प्रति सेयर नेटवर्थ १९२.६६ रुपैयाँ छ।