काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.४२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
कम्पनीका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद दिने निर्णय सञ्चालक समिति बैठकले गरेको इन्स्योरेन्सले जनाएको छ।
प्रभु महालक्ष्मीको चुक्ता पुँजी हाल ४ अर्ब ७२ करोड रुपैयाँ छ। नेपाल बीमा प्राधिकरण र कम्पनीको साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।
कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।