BIZMANDU
www.bizmandu.com

भाजपा नेता चौथाईवाले नेपालमा म्याराथन भेटवार्तामा, अर्थमन्त्री पौडेलसँग के कुरा गरे?

२०८२ बैशाख १९

भाजपा नेता चौथाईवाले नेपालमा म्याराथन भेटवार्तामा, अर्थमन्त्री पौडेलसँग के कुरा गरे?
भाजपा नेता चौथाईवाले नेपालमा म्याराथन भेटवार्तामा, अर्थमन्त्री पौडेलसँग के कुरा गरे?


काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलसँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाईवालेले भेटवार्ता गरेका छन्। चौथाईवालेले शुक्रबार बिहान अर्थ मन्त्रालय पुगेर अर्थमन्त्रीसँग भेटवार्ता गरेका हुन्।

Tata
GBIME
NLIC

दुई नेताबीच दुई देशको आपसी हितका बारेका कुराकानी भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

बुधबार नेपाल भ्रमणमा आएका चौथाईवालेले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वपरराष्ट्रमन्त्री एनपी साउद लगायत नेतासँग भेटवार्ता गरेका थिए।

उनले नेपाल आएकै दिन बुढानीलकण्ठ पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका थिए।