BIZMANDU
www.bizmandu.com

धार्केमा मजदुरहरुको जिजीविषा, इँटा भट्टामा यसरी चलिरहेको श्रम (तस्वीरहरु)

२०८२ बैशाख १८

धार्केमा मजदुरहरुको जिजीविषा, इँटा भट्टामा यसरी चलिरहेको श्रम (तस्वीरहरु)
धार्केमा मजदुरहरुको जिजीविषा, इँटा भट्टामा यसरी चलिरहेको श्रम (तस्वीरहरु)


काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।

Tata
GBIME
NLIC

देशभर विभिन्न कार्यक्रम गरेर श्रमिक दिवस मनाइरहँदा कयौं मजदुरहरु आज पनि जिजीविषा धान्न काममा खटिरहेका छन्।

काठमाडौंको सितापाइलाबाट धार्के हुँदै पृथ्वीराजमार्ग निस्कने सडक पछिल्लो समय व्यापक प्रयोगमा आइरहेको छ। सडक बनेसँगै त्यहाँ इँटा भट्टाहरु पनि धेरै खुलेका छन्। धार्के नपुग्दै भट्टामा आज पनि श्रमिकहरु काम गरिरहेका छन्।

सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ।

सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो। मजदुर आन्दोलनले अन्ततः सफलता हासिल गरेको थियो।

पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो।

नेपालमा पनि विराटनगरमा विस. २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो। विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ।