BIZMANDU
www.bizmandu.com

भारत र पाकिस्तानबीच युद्धको संशय, दुवैसँग परमाणु हतियारसहित सैन्य शक्ति कति?

२०८२ बैशाख १८

भारत र पाकिस्तानबीच युद्धको संशय, दुवैसँग परमाणु हतियारसहित सैन्य शक्ति कति?
Photo : India Today / PTI


भारतको पहलगाममा सर्वसाधारण मारिने गरि भएको आतंककारी आक्रमणपछि पाकिस्तान र भारतबीच बिग्रिएको सम्बन्धमा थप दरार आएको छ। दुवै देश एकअर्का प्रति अहिले आरोपप्रत्यारोपमा उत्रिएका छन्।

Tata
GBIME
NLIC

पाकिस्तानले भारतले कुनै पनि बेला आक्रमण गर्न सक्ने सम्भावना रहेको चेतावनी नै दिइसकेको छ। दुई देशबीच सीमाबाट आवतजावत बन्द भइसकेको छ भने भारतले पाकिस्तानी नागरिकलाई भिसा दिन नै रोकिसकेको छ।

भारतले सिन्धु जल सन्धी निलम्बन गरेको छ। पाकिस्तानले जवाफमा शिमला सम्झौताबाट बाहिरिने बताइसकेको छ। अहिले दुवै देश ‘युद्धको संघार’मा रहेको विश्लेषकहरुले बताइरहेका छन्।

दुवै देशको सेनाको शक्ति कति छ भन्नेबारे अहिले चर्चा भइरहेको छ।

सैन्य उपकरणभारतपाकिस्तान
एयरक्राफ्ट२२२९१३९९
फाइटर एयरक्राफ्ट५१३३२८
अट्याक हेलिकप्टर८०५७
बख्तरबन्द वाहन१,४८,५९४१७,५१६
ट्यांक४२०१२६२७
पानीडुब्बि१८
स्रोत : ग्लोबल फायर पावर

ग्लोबल फायर पावरको अनुसार सन् २०२५ मा सैन्य शक्तिको र्‍यांकिङमा भारत विश्वकै चौथो स्थानमा छ। पाकिस्तान सो सूचीको १२ औं स्थानमा छ।

भारतीय सेनासँग २२ लाख सैन्य जनशक्ति रहेको छ। ३ लाख १० हार वायु सैनिक भारतीय सेनामा रहेको छ। यस्तै, नौसेनामा १ लाख ४२ हजार अधिकृत छन्। ट्रान्सपोर्ट लडाकु विमान २७० वटा रहेको छ भने मल्टी बैरल रकेट आर्टिलरी २६४ वटा छ।

भारतीय नौसेनासँग २९३ युद्धपोत रहेको छ। जसमा दुईवटा विमानवाहक पोत रहेको छ भने १३ वटा डिस्ट्रोयर, १४ वटा फ्रिगेट्स, १८ वटा सब्मरिन र १८ वटा कार्वेट्स युद्ध पोत रहेको छ।

लजिस्टिकको कुरा गर्ने हो भने भारतीय सेनासँग ३११ वटा विमानस्थल, ५६ वटा बन्दरगाह  छ। ६३ लाख किलोमिटर सडक र ६५ हजार किलोमिटर रेलवे कभरेज भारतीय सेनाले प्रयोग गर्न पाउँछन्।

पाकिस्तानसँग १३ लाख बढी सैनिक छन्। यस्तै, १ लाख २४ हजार नौसैनिक र ७८ हजार वायु सैनिक छन्। पाकिस्तानी सेनासँग६४ वटा ट्रान्सपोर्ट विमान, ३२८ वटा लडाकु विमान, ६०० वटा मल्टिबैरल रकेट आर्टिली छ।

यस्तै, पाकिस्तानी सेनासँग १२१ वटा युद्धपोत छ। लजिस्टिकको हिसावमा पाकिस्तानसँग ११६ वटा विमानस्थल, ३ वटा बन्दरगाह, ६० वटा मर्चेन्ट मैरियन, दुई लाख ६४ हजार किलोमिटर सडक र ११.९ हजार किलोमिटर रेलवे कभरेज छ।

स्वीडेनको थिंक ट्यांक स्टकहोम इन्टरनेश्नल पिस रिसर्च इन्सटिच्युटका अनुसार भारतसँग १७२ वटा परमाणु हतियार छ भने पाकिस्तानसँग १७० वटा परमाणु हतियार छ। यद्यपि, यी देशसँग यो भन्दा बढी परमाणु हतियार हुन सक्ने आकंलन गरिएको छ। यस्तै, पछिल्लो समय दुवै देशले ड्रोनको संख्या पनि बढाउँदै लगेका छन्।