BIZMANDU
www.bizmandu.com

३७.५ मेगावाटको राहुघाट जलविद्युत् आयोजना निर्माण, १५ दिनभित्र परीक्षण उत्पादन गरिने

२०८२ बैशाख १८

३७.५ मेगावाटको राहुघाट जलविद्युत् आयोजना निर्माण, १५ दिनभित्र परीक्षण उत्पादन गरिने
३७.५ मेगावाटको राहुघाट जलविद्युत् आयोजना निर्माण, १५ दिनभित्र परीक्षण उत्पादन गरिने


काठमाडौं। ३७.५ मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ।

Tata
GBIME
NLIC

म्याग्दीको रघुगंगा गाउँपालिकामा आयोजना निर्माण भएको हो। विद्युत् गृहमा उपकरण जडानका साथै प्रसारण लाइन पनि तयार भएको छ।

आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गर्न १४ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ।

प्रवर्धक तुदी पावर कम्पनीले आयोजनाबाट १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ।