BIZMANDU
www.bizmandu.com

फर्स्ट माइक्रोफाइनान्सको नाफा ४५.७७ प्रतिशतले घट्यो, खराब कर्जा बढ्यो

२०८२ बैशाख १८

फर्स्ट माइक्रोफाइनान्सको नाफा ४५.७७ प्रतिशतले घट्यो, खराब कर्जा बढ्यो
फर्स्ट माइक्रोफाइनान्सको नाफा ४५.७७ प्रतिशतले घट्यो, खराब कर्जा बढ्यो


काठमाडौं। फर्स्ट माइक्रोफाइनान्सको लघुवित्त वित्तीय संस्था खुद नाफामा गिरावट आएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा संस्थाको खुद नाफा ४५.७७ प्रतिशतले घटेको छ।

Tata
GBIME
NLIC

प्रोभिजनिङ राइट ब्याक गर्दा पनि ब्याज आम्दानी प्रभावित हुँदा लघुवित्तको घटेको छ। चैतसम्म लघुवित्तले कर्जा नोक्सानीबापत गरेको १ करोड १२ रुपैयाँ प्रोभिजनिङ राइट ब्याक गरेको छ।

लघुवित्तको खुद ब्याज आम्दानी भने ३७.९३ प्रतिशतले बढेर घटेर १५ करोड ७० लाखमा सीमित भएको छ। पोहोर ९ महिनामा लघुवित्तको ब्याज आम्दानी २५ करोड ३० लाख थियो।

चैत मसान्तसम्म ७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। पोहोर यसै अवधिमा संस्थाले १३ करोड २ लाख रुपैयाँ नाफा गरेको थियो।

साथै, लघुवित्तको खराब कर्जा ३.१२ प्रतिशतबाट बढेर ४.७८ प्रतिशतमा पुगेको छ। चैतमा लघुवित्तको वितरणयोग्य नाफा ५ करोड १९ लाख रुपैयाँले छ। लघुवित्तको प्रति सेयर आम्दानी ७ रुपैयाँ र प्रति सेयर नेटवर्थ १२६.७२ रुपैयाँ छ।