BIZMANDU
www.bizmandu.com

सरकार र शिक्षक महासंघबीच सहमति : आन्दोलनका कार्यक्रम फिर्ता, असार १५ भित्र विधेयक

२०८२ बैशाख १७

सरकार र शिक्षक महासंघबीच सहमति : आन्दोलनका कार्यक्रम फिर्ता, असार १५ भित्र विधेयक
सरकार र शिक्षक महासंघबीच सहमति : आन्दोलनका कार्यक्रम फिर्ता, असार १५ भित्र विधेयक


काठमाडौं। सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सहमति भएको छ। सहमति अनुसार बिहीबारदेखि शिक्षकले सडक केन्द्रित सम्पूर्ण कार्यक्रम फिर्ता लिनेछन्। सरकारसँग भएको ९ बुँदे सहमति र विद्यालय शिक्षा विधेयक पारितका लागि संसदीय समिति र दलका पदाधिकारीले जनाएको प्रतिवद्धतापछि आन्दोलन रोकिएको हो।

Tata
GBIME
NLIC

विद्यालय शिक्षा विधेयक पारितलगायतका माग राखेर चैत २० गतेदेखि शिक्षक आन्दोलनमा थिए। एक महिनाको निरन्तर सडक प्रदर्शन अन्त्य गर्नेगरी सहमति भएको हो।

सरकार र संसदले गर्ने काममा प्रतिवद्धता भएको भन्दै महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको छ।

असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने प्रतिवद्धता शिक्षा समिति सभापति र सत्तापक्ष नेपाली कांग्रेस र नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतकहरुले जनाएका छन्। यद्यपि माथिल्लो सदनबाट पारितको विषय भने सहमतिमा मौन छ।