BIZMANDU
www.bizmandu.com

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ नेप्सेमा सूचीकृत, सुरुवाती कारोबार मूल्य कति?

२०८२ बैशाख १७

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ नेप्सेमा सूचीकृत, सुरुवाती कारोबार मूल्य कति?
ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ नेप्सेमा सूचीकृत, सुरुवाती कारोबार मूल्य कति?

काठमाडौं। ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ दोस्रो बजार कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ। नेप्सेका अनुसार कम्पनीसँग प्रति कित्ता १०० रुपैयाँ कायम भएको ६० लाख कित्ता साधारण सेयर सूचीकरण बुधबार सम्झौता भएको हो।

Tata
GBIME
Nepal Life

नेप्सेले ओम मेगाश्रीको सेयरको कारोबारलाई सुरु गर्न मूल्य रेन्ज प्रति कित्ता ९० रुपैयाँ १७ पैसादेखि २७० रुपैयाँ ५१ पैसा तोकेको छ।

कम्पनीले सर्वसाधारणसमक्ष धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमार्फत साधारण सेयर खुल्ला बिक्री आह्वान गरेको थियो। सर्वसाधारण सेयरधनीमा वितरित ३० प्रतिशत अर्थात १८ लाख कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ७० प्रतिशत हुने ४२ लाख कित्ता समेत गरी जम्मा ६० लाख कित्ता दोस्रो बजार कारोबारका लागि सूचीकरण गराएको हो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम भएको सम्झौताअनुसार बिहीबारदेखि ओम मेगाश्रीको सेयर अब दोस्रो बजार कारोबारमा आउने नेप्सेले जनाएको छ।