BIZMANDU
www.bizmandu.com

ओलीले राजावादीको प्रदर्शनलाई लक्षित गर्दै भने- स्यालले वन घन्किएजस्तो कराएर केही हुँदैन

२०८२ बैशाख १७

ओलीले राजावादीको प्रदर्शनलाई लक्षित गर्दै भने- स्यालले वन घन्किएजस्तो कराएर केही हुँदैन
प्रधानमन्त्री ओली काठमाडौँ, १७ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओली बुधबार काठमाडौँमा आयोजित राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपा लगायतले गरिरहेको आन्दोलन वनमा स्याल कराएजस्तै भएको बताएका छन्।

Tata
GBIME
NLIC

उनले बुधबार राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै वनमा चार वटा स्याल कराएर केही नभएजस्तै राप्रपा लगायतले गरिरहेको आन्दोलनले राजतन्त्र नफर्किने बताए।

‘रातिमा चारवटा स्याल कराउँदा वनै घन्किएजस्तो हुन्छ। तिनले कराएर केही हुँदैन। अब राजा हुने सपना कसैले देख्छ भने त्यो सपना मात्रै हुनेछ,’ उनले भने, ‘स्वतन्त्र हुन नचाहेर रैती हुन पाऊँ भन्नेहरूको समूहले व्यवस्थाको विरोध गर्ने र वर्तमान व्यवस्थामा नकारात्मकता देखेपनि अब राजतन्त्र कहिल्यै फर्किंदैन।’