काठमाडौं। सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कैदमा राख्न डिल्लीबजार कारागारका नाममा लेखिएको पत्र अनधिकृत भएको बताएको छ।
सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बुधबार अपराह्न प्रेस विज्ञप्ति जारी गरी अनधिकृत पत्र लेख्ने अधिकृतमाथि कारबाही प्रक्रिया सुरु गरिएको बताएका छन्।
सर्वोच्चका मुद्दा तथा रिट महाशाखाका अधिकृत महिमानसिंह विष्टले बुधबार नै डिल्लीबजार कारागारका नाममा लेखेको पत्रका आधारमा प्रहरीले रेशमलाई प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेको थियो।
कुइँकेलले रेशमलाई तत्काल थुनामुक्त गर्न डिल्लीबजार कारागारलाई पत्र पठाएका छन्।