काठमाडौं । अजरबैजानका उपविदेश मन्त्री इलनुर म्यामोडोभ नेपाल भ्रमणमा आएका छन्। आज दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।
अजरबैजानबाट टोलीको नेतृत्व गर्दै आएका उनले आज सरकारका विभिन्न निकायका अधिकारीहरुसँग भेट गर्दैछन्।
उनको स्वागतमा आज परराष्ट्र सचिव अमृत बहादुर राईले रत्रिभोजको आयोजना गर्दैछन्।
बिहीबार दिउँसो उनी एआईडिआईएले आयोजना गरेको लेक्चरमा पनि सहभागी हुनेछन्। शुक्रबार उनी नेपाल लगानी बोर्डले आयोजना गर्ने छलफलमा पनि सहभागी हुनेछन्।
शुक्रबार नै परराष्ट्र मन्त्री आरजु राणा देउवासँग उनको शिष्टाचार भेट हुनेछ। यस्तै, उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्नेछन्।
शनिबार उनी स्वदेश फर्किने कार्यक्रम छ।