BIZMANDU
www.bizmandu.com

क्लब एलओडीले १० करोड खर्चेर इन्टेरियर बदल्दै, विदेशमा फ्रेन्चाइज खोल्ने तयारी

२०८२ बैशाख १७

क्लब एलओडीले १० करोड खर्चेर इन्टेरियर बदल्दै, विदेशमा फ्रेन्चाइज खोल्ने तयारी
क्लब एलओडीले १० करोड खर्चेर इन्टेरियर बदल्दै, विदेशमा फ्रेन्चाइज खोल्ने तयारी


काठमाडौं। विश्वकै उत्कृष्ट ४४ क्लबभित्र पर्न सफल ठमेलस्थित क्लब एलओडी (लर्ड अफ ड्रिङ्क्स)ले १० करोड रुपैयाँ खर्चिएर आफ्नो इन्टेरियर बदल्ने भएको छ।

Tata
GBIME
NLIC

कम्पनीका सञ्चालक भुपेन कुँवरले इन्टेरियर ५ महिनाभित्र बदल्ने योजना रहेको जानकारी दिए।

‘विश्वकै उत्कृष्ट ४४ क्लब मध्येमा पर्नु नै हाम्रो लागि सफलता हो। आउँदा दिनमा थप स्तरीय सेवा दिने उद्देश्यसहित हामी इन्टेरियर बदल्दैछौं,’ उनले भने, ‘पाहुनालाई संगीतको आनन्द र विभिन्न खालका मनोरञ्जन प्रदान गरेर सुमधुर वातावरण बनाउने प्रयास अन्तर्गत काम अगाडि बढाइएको छ। साउण्ड सिस्टम, लाइटिङ, सिटिङ एरेन्जमेन्ट लगायत परिवर्तनका लागि १० करोड रुपैयाँ खर्च हुने अनुमान छ।’

उनका अनुसार इन्टेरियर परिवर्तनका क्रममा क्लबको सेवा प्रभावित हुनेछैन। क्लबमा हाल ६०० जनाका लागि सिटिङ र २२ सय जनाका लागि स्ट्याण्डिङ क्यापासिटी छ। क्लबमा करिब २०० जना कार्यरत छन्।

अन्तर्राष्ट्रिय बजारमा जाने तयारी

क्लबले अन्तर्राष्ट्रिय बजारमा जाने तयारी पनि गरिरहेको छ। मध्यपूर्वका देश, अष्ट्रेलिया, अमेरिका, बेलायत लगायत मुलुकबाट फ्रेन्चाइजको प्रस्ताव आइरहेको कुँवरले बताए।   

‘फ्रेन्चाइजका लागि हामीलाई विभिन्न मुलुकबाट प्रस्ताव आइरहेको छ,’ उनले भने, ‘ अन्तर्राष्ट्रिय बजारमा जान हामी पनि इच्छुक छौं। त्यसैले गृहकार्य गरिरहेका छौं।’