BIZMANDU
www.bizmandu.com

कतार गएर ढुंगा जोड्नेभन्दा सूचना प्रविधिको सीप दिउँ, २-३ लाख यहीं कमाइन्छ : गगन

२०८२ बैशाख १६

कतार गएर ढुंगा जोड्नेभन्दा सूचना प्रविधिको सीप दिउँ, २-३ लाख यहीं कमाइन्छ : गगन
बौद्धिक पेशाकर्मी अभियान परिषदद्वारा काठमाडौँमा मङ्गलबारआयोजित नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान, चियापान एवं भेटघाट कार्यक्रममा मन्तव्य राख्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । तस्बिर : गोपाल दाहाल/रासस


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधिको विकास भएसँगै सीप दिन सके जता बसेर पनि आम्दानी गर्न सकिने बताएका छन्।

Tata
GBIME
NLIC

आफूले कीर्तिपुरमा उपनिर्वाचनको समयमा एउटा डाँडामा सबेर दुई तीन लाख कमाउन सकिने कुरालाई कतिपयले उडाएको उल्लेख गर्दै उनले यो सम्भव भएको बताएका हुन्।

कांग्रेसको विपन्न वर्गको पहिचान, उत्थान र विकास विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा थापाले उक्त भनाइ राखेका हुन्।

‘कतिलाई रमाइलो पनि भयो कीर्तिपुरको डाँडा भन्ने बित्तिकै २-३ लाख कमाउन सकिन्छ। यो इमेजिनेसन हो। ड्रिम हो यो सम्भव छ,’ थापाले भने, ‘एउटा व्यक्तिलाई हातमा स्किल दियो भने त्यो सम्भव छ। किनभने हामी नलेज इकोनोमीमा छिरेका छौं।’

चीनका एक युवाले डिपसिक बनाएर च्याटजिपीटीसँग प्रतिस्पर्धा गरेको उल्लेख गर्दै विपन्न समुदाय यस्ता सीपबाट बञ्चित हुन नहुने बताए।

‘हाम्रो विपन्न समुदायबाट यसबाट वञ्चित हुनुहुन्न। यस्तो सीप, त्यो खाली खोस्रिने सीप हैन। कतार मलेसियामा ढुंगा जोड्ने र गाह्रो लगाउने सीप हैन,’ थापाले भने, ‘त्यो सीप के सँग जोडिनुपर्छ भने सूचनाप्रविधिले ल्याएको अवसर प्राप्त गर्न सकिने प्रयोग गर्न सकिने सीप विपन्न परिवारसँग जोडिनसक्नुपर्छ।’