BIZMANDU
www.bizmandu.com

ब्याजदर घटेपछि मुद्दती निक्षेपमा आधा म्युचुअल फण्डको लगानी शून्य, सेयर बजारबाट पनि धक्का

२०८२ बैशाख १६

ब्याजदर घटेपछि मुद्दती निक्षेपमा आधा म्युचुअल फण्डको लगानी शून्य, सेयर बजारबाट पनि  धक्का
ब्याजदर घटेपछि मुद्दती निक्षेपमा आधा म्युचुअल फण्डको लगानी शून्य, सेयर बजारबाट पनि धक्का


काठमाडौं। ब्याजदर निरन्तर ओरालो लागेर मुद्दती निक्षेपबाट पैसा झिकेका म्युचुअल फण्डलाई सेयर बजारमा पनि धक्का लागेको छ।

Tata
GBIME
NLIC

सेयर बजार ओरालो लागेपछि संस्थागत लगानीकर्ता म्युचुअल फण्डको नेटवर्थमा गिरावट आएको छ। बैंकको ब्याजदर घटेपछि बजारमा लगानी बढाएका सबै म्युचुअल फण्डको खुद सम्पत्तिको मूल्य(न्याभ) घटेको छ।

फागुनमा २८९० विन्दुमा पुगेको सेयर बजार चैतमा ओरालो लागेर २५८२ अंकमा आइपुगेको थियो। म्युचुअल फण्डहरुले ब्याजदर घटिरहेका कारण मुद्दती निक्षेपको रकम समेत सेयर बजारमा लगानी गर्दै आएका छन्। तर, बजार समेत ओरालो लागेपछि खुद सम्पत्तिको मूल्य घटेको हो।  

मर्चेन्ट बैंकरहरु म्युचुअल फण्डको नेटवर्थ बजारसँग सम्बन्धित भएकाले चैतमा न्याभ घटेको बताउँछन्।

‘बजारको वृद्धिसँग न्याभको सकारात्मक सम्बन्ध हुन्छ। अहिले ब्याजदर घटेका कारण फण्डहरुले बजारमा लगानी गरेका छन्। तर, त्यही बजार घटेपछि नेटवर्थ घटेको हो,’ नबिल इन्भेष्टमेन्ट बैंकिङका सीइओ मनिषनारायण जोशीले भने।

४५ वटा बन्द र खुलामुखी म्युचुअल फण्डले चैतसम्म सेयरमा ४४ अर्ब १० करोड रुपैयाँ लगानी गरेका छन्। म्युचुअल फण्डले अघिल्लो महिनाको तुलनामा सेयर बजारमा ३.०२ प्रतिशतले लगानी बढाएका छन्।

फागुनसम्म म्युचुअल फण्डले सेयरमा ४२ अर्ब ८१ करोड रुपैयाँ लगानी गरेका थिए। चैतमा २२ वटाले सेयर बजारमा लगानी बढाएका छन् भने २१ वटाले घटाएका छन्।

एनआईबिएल सहभागिता फण्डले सेयर बजारमा सबैभन्दा धेरै ४ अर्ब ५७ करोड रुपैयाँ लगानी गरेको छ। यसले एक महिनामा लगानी ५.७५ प्रतिशतले वृद्धि गरेको हो।

बैंकहरुले मुद्दतीमा साधारण बचतमाभन्दा कम ब्याज दिइरहेका छन्। त्यही भएर अधिकांशले मुद्दती निक्षेपको लगानी अन्यत्रै डाइभर्ट गरेका छन्। चैतसम्म मुद्दतीमा म्युचुअल फण्डको लगानी १ अर्ब ९१ करोड रुपैयाँ छ।

फागुनमा यस्तो लगानी १ अर्ब ७८ करोड रुपैयाँ थियो। २३ वटाले मात्रै मुद्दतीमा लगानी गरेका छन्। बाँकी २२ वटाको मुद्दतीमा लगानी शून्य छ। एनआईसी एसिया सेलेक्ट फण्ड, एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड, कुमारी सुनौलो योजना र सनराइज फोकस्ड इक्विटी फण्डले मुद्दतीमा लगानी घटाएका छन्।

१४ वटाले स्थिर राखेका छन् भने एनएमबि सरल बचल फण्ड-ई र सानिमा लार्ज क्याप फण्डले मात्रै बढाएका छन्।

‘ब्याजदर न्यून भएका कारण म्युचुअल फण्डले अरु बजारमा लगानी गरेको जोशी बताउँछन्। ‘बैंकले मुद्दतीमै ब्याजदर एकदमै कम दिइरहेका छन्। आम्दानी नहुने भएपछि मुद्दतीमा निक्षेप राखिराख्ने कुरा भएन। त्यही भएर धेरैले मुद्दतीको रकम अरु ठाउँतिर इन्भेष्ट गरेको देखिन्छ,’ जोशीले भने।

म्युचुअल फण्डले सार्वजनिक गरेको चैतको वित्तीय विवरण अनुसार एनएमबि हाइब्रिड फण्ड एल-२ ले सर्वाधिक २० करोड रुपैयाँ मुद्दतीमा लगानी गरेको छ।

गरिमा समृद्धि योजना १८ करोड र एनआईसी एसिया सेलेक्ट फण्डले १३ करोड ७५ लाख रुपैयाँ मुद्दतीमा राखेका छन्। म्युचुअल फण्डलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मुद्दतीमा लगानीको १५ प्रतिशत सीमा तोकेको छ।

सेयरमा लगानी (रु करोडमा)सेयरमा लगानी (रु करोडमा)मुद्दती निक्षेप (रु करोडमा)मुद्दती निक्षेप (रु करोडमा)बैंक मौज्दात (रु करोडमा)बैंक मौज्दात (रु करोडमा)न्याभ (रुपैयाँ)न्याभ (रुपैयाँ)
योजनाको नामचैतफागुनचैतफागुनचैतफागुनचैतफागुन
एनआईबिएल सहभागिता फण्ड४५७.९७४३३.०५१०१०१५३.२३१६२.२१०.९२११.१९
एनएमबि सरल बचल फण्ड-ई२६६.११२४९.५२२१.५९२४.३७१०.३७१०.६५
सिद्धार्थ इक्विटी फण्ड१४३.६३१४६.२११८.७६१७.९२११.६६११.९६
प्रभु सेलेक्ट फण्ड१४०.०९१३०.८९१.४६१३.७६१२.२७१२.५१
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड१२७.१२१२३.७६१३.५४३७.४४१२.२२११.२६
सनराइज ब्लुचिप फण्ड१२८.५८१३०.४६.९५६.११११.२४२२.५४
एनआईबिएल समृद्धि फण्ड-२१२५.८२१२६.७३३.५४.६१०.०७१०.३६
सिद्धार्थ व्यवस्थित लगानी योजना१२१.२९११८.८११८.२२१५.७३१०.८७११.१८
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२११८.८१२४.२५१४.८३९.९३११.७२१२.०४
प्रभु स्मार्ट फण्ड११४.९८११३.७८१.७३२.३९१२.३८१२.६३
एनएमबि फिप्टी११४.९११०९.०३६.०३८.८११.३९११.६४
नबिल ब्यालेन्स्ड फण्ड-३११०.६४११०.५११३.२८१६.०४११.२३११.५१
कुमारी धनवृद्धि योजना१०८.१९१०९.०५१०.४८९.४२११.२४११.४४
आरबिबि म्युचुअल फण्ड-११०७.२२१०३.८७.९१११.८१९.८९१०.१६
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-११०६.३४१०१.०४१२.०११२.२१
मेगा म्युचुअल फण्ड-११०३.८६१०३.०४१३.०३११.२१०.५४१०.८२
एआईबिएल ग्रोथ फण्ड१०२.५४१०३.१७६.८७३.७३१०.५१०.७७
सनराइज फोकस्ड इक्विटी फण्ड१००.८७९९.९४१०१०.६१०.९४११.४५११.७१
सानिमा लार्ज क्याप फण्ड१००.५२१०२.२९१५.१६१८.७४११.५३११.८६
एनआईसी एसिया सेलेक्ट फण्ड९५.०५९७.१११३.७५१५.७५२५.०२२६.१३१०.८२११.१६
नबिल ब्यालेन्स्ड फण्ड-२९४.४९५.९७१३.३११.४९११.५१११.७२
मुक्तिनाथ म्युचुअल फण्ड९०.४३८८.३१२४.६३४.२३१०.०३१०.१
एनआईबिएल स्टेबल फण्ड८७.८८८७.४७१८.५७२१.४५९.८९१०.१६
लक्ष्मी भ्यालु फण्ड-२८४.४५८४.७७.३४८.३१११.४८११.७८
एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड८३.९७९०.८७९.६१२.३१६.०१८.९६१०.९४११.२८
हिमालयन ८०-२०८३.२७८९.४२१२.५१२.५१४.१४१०.७३१२.४६१२.५१
सनराइज फर्स्ट म्युचुअल फण्ड८२.१५८०.९८४.४६६.११११.३११.५७
नबिल फ्लेक्सी फण्ड८१.५७७९.२४२९.२७३०.६२११.३८११.६७
कुमारी इक्विटी फण्ड७९.६४७९.२६३.८४४.३१०.५४१०.७२
आरबिबि म्युचुअल फण्ड-२७७.५७५.२७६.२४८.७९११.१३११.३५
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३७७.२९८१.२८१४.१११.४३११.८११२.१५
गरिमा समृद्धि योजना७१.४९६३.०११८१८३३.१९२९.८५९.९४१०.०३
एनआईसी एसिया ग्रोथ फण्ड-२७०.८८७६.९३१२.५१२.५८.९६६.१६१०.३६१०.३८
कुमारी सबल योजना७०.८३७१.५३५.१८५.०६१०.४८१०.७३
लक्ष्मी उन्नति कोष६५.३९६६.३७८.९५१०.९५११.५३११.९
सिटिजन्स सुपर ३० म्युचुअल फण्ड५८.६९६०.७१४.९७१५.४५१०.८३११.०३
सानिमा ग्रोथ फण्ड५६.८५५७.७७.०८८.४८११.४६११.७७
सिटिजन म्युचुअल फण्ड-२५२.७७५५.६१५.८५५.८११०.४२१०.८८
एनएमबि हाइब्रिड फण्ड एल-२४८.१८.६५२०२०५६.१५९३.०१९.९९.९७
कुमारी सुनौलो योजना४५.६४४.६५३.०१४.०६६.२६४.७९११.४४११.७१
एनआईसी एसिया ब्यालेन्स्ड फण्ड४३.६२५०.५२१२.९५६.९२१०.८४११.०१
एनआईसी एसिया डाइनामिक डेब्ट फण्ड४०.७४४७.२४४.२६३६.१७१०.४११०.५४
शुभलक्ष्मी कोष३५.७५३४.५४.६२४.९३११.५६११.९२
एमबिएल इक्विटी फण्ड२०.२११२८९.२७९.९६
सानिमा फ्लेक्सी फण्ड३.८१६.८५३३.०४९.९५
जम्मा४४०१.८१४३०६.५२१९११७८.०५८४४.८७८५.२६

वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर औसतमा ४.५४ प्रतिशत छ। तरलता फालाफाल हुँदा बैंकहरुले एकल अंकमै कर्जा दिइरहेका छन्। कर्जाकै औसत ब्याजदर ८.४ प्रतिशतमा आएको छ।

गत साउन ३१ गते ३००० विन्दुमा पुगेको बजार त्यसपछि बढ्न सकेको छैन। बैंकको ब्याजदर लगातार दुई वर्षदेखि घटेर न्यून विन्दुमा आउँदा स्थिर प्रतिफल दिने उपकरणमा लगानी गरिरहेका संस्थागत लगानीकर्ताहरुले वैकल्पिक उपकरण खोजिरहेका छन्।

सरकारी ऋणपत्र र कर्पोरेट डिबेन्चरमा आवेदनको ओइरो लागिरहेको छ। लगानीका अरु ठाउँ खोजिरहेका कारण म्युचुअल फण्डको अहिले बैंक मौज्दातमा ठूलो रकम रहेको अर्का एक मर्चेन्ट बताउँछन्।

‘फण्डहरुको लगानीको रणनीति फरकफरक हुन्छ। मुख्य भनेको इकाईधनीको हित हेरिन्छ। अहिले बजारमा पनि लगानीको उपयुक्त वातावारण नभएकाले लगानी होल्ड गरेर राखेका छौं,’ एक मर्चेन्ट बैंकरले भने, ‘एफडीबाट निकालेर बैंक मौज्दातमा रकम छ। यो भनेको लगानीको अवसर क्यास गर्नका लागि हो।’

चैतसम्म म्युचुअल फण्डको बैंक मौज्दात ८ अर्ब ४४ करोड रुपैयाँ छ। यो रकम फागुनको भन्दा ७.५८ प्रतिशत धेरै हो।