BIZMANDU
www.bizmandu.com

सुनको मूल्य बढेर प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँ पुग्यो, चाँदीको भाउ स्थिर

२०८२ बैशाख १६

सुनको मूल्य बढेर प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँ पुग्यो, चाँदीको भाउ स्थिर
सुनको मूल्य बढेर प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँ पुग्यो, चाँदीको भाउ स्थिर

काठमाडौं । घट्न थालेको सुनको मूल्यमा आज फेरि वृद्धि भएको छ। मंगलबार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको हो।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रति तोला एक लाख ८८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ।

सोमबार सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेको थियो। सो दिन सुन प्रति तोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य मंगलबार स्थिर रहेको छ। सोमबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रति तोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ। मंगलबार सुन प्रतिऔंस ३३०८.३६ डलर पुगेको छ। आज चाँदी प्रतिऔंस ३२.९४ डलर रहेको छ। सोमबार सुन प्रतिऔंस ३३००.३३ डलर र चाँदी प्रतिऔंस ३२.९ डलर थियो।