BIZMANDU
www.bizmandu.com

कमजोरी लुकाउन सरकारले गणतन्त्र जोगाउने छलफल चलायो, सुधारतिर लाग्दै लागेन : शेखर कोइराला

२०८२ बैशाख १५

कमजोरी लुकाउन सरकारले गणतन्त्र जोगाउने छलफल चलायो, सुधारतिर लाग्दै लागेन : शेखर कोइराला
नेता डा कोइराला काठमाडौँ, १५ वैशाखः नेपाली कांग्रेसका नेता डा शेखर कोइराला वीपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपालद्वारा सोमबार काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘वीपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः गोपाल दाहालररासस


काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारमाथि कमजोरी ढाकछोपमा लागेको आरोप लगाएका छन्।

Tata
GBIME
NLIC

उनले सोमबार काठमाडौंमा ‘बिपीको समाजवाद र स्थानीय सरकार’ नामक किताब विमोचन गर्दै आफ्ना कमीकमजोरी लुकाउन सरकारले गणतन्त्र जोगाउने विषयमा छलफल चलाएको आरोप लगाए

अहिले गणतन्त्र खतरामा नरहेको उल्लेख गर्दै उनले भने, ‘आफ्नो कमीकमजोरी लुकाउन गणतन्त्र जान्छ कि भनेर छलफल गरिरहेका छन्। सुधारतिर जाँदै गएनन्।’

उनले अहिले सरकारकै कारण चारैतिर असन्तुष्टि छाएको भन्दै अब कांग्रेसले पनि आवाज उठाउन सक्नुपर्ने बताए। ‘शिक्षक सडकमा छन्। डाक्टर सडकमा छन्। लघुवित्त पीडित सडकमा छन्,’ कोइरालाले भने, ‘कांग्रेसबाट सरकारमा भएका मन्त्रीहरु सहकार्य गर्नुस् एमालेसँग। हामीले सरकारको कमीकमजोरीमा औंला ठड्उयानुपर्छ। म यसमा साथ दिन्छु।’

उनले गभर्नर नियुक्तिमा भएको ढिलाइप्रति सरकारको आलोचना गरे। ‘गभर्नर एक महिनाअघि नै नियुक्त गर भनेको छ कानुनले। तर, सरकार आफ्नो काम गर्दैन,’ उनले भने।

उनले कांग्रेस लथालिंग अवस्थामा रहेको भन्दै यसरी पार्टी नचल्ने बताए। ‘भ्रातृ संस्था लथलिंग छन्। महाधिवेशन मंसिरमा हुनुपर्ने। हुन्छ कि हुँदैन कोही बोलिरहेको छैन। यसरी त पार्टी पनि चल्दैन, मुलुक पनि चल्दैन,’ उनले भने।