BIZMANDU
www.bizmandu.com

भारतीय नागरिकको कोठामा ४२ लाख ९० हजार फेला, स्रोत खुलाउन नसक्दा प्रहरीको नियन्त्रणमा

२०८२ बैशाख १५

भारतीय नागरिकको कोठामा ४२ लाख ९० हजार फेला, स्रोत खुलाउन नसक्दा प्रहरीको नियन्त्रणमा
भारतीय नागरिकको कोठामा ४२ लाख ९० हजार फेला, स्रोत खुलाउन नसक्दा प्रहरीको नियन्त्रणमा


कपिलवस्तु। स्रोत नखुलेको लाखौँ रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

Tata
GBIME
NLIC

कपिलवस्तुको शिवराज नगरपालिका-५ ग्यालेक्सीटोलमा डेरा गरी बस्ने भारतको बलरामपुर तुल्सीपुर ठाना सोनपुर ग्राम तहसिल घर भएका २२ वर्षीय शिवा पटवा भनिने आशिष कुमारलाई प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले स्रोत नखुलेको ४२ लाख ६३ हजार ९ सय नेपाली रूपैयाँ र १६ हजार ५ सय ९० भारतीय रूपैयाँ फेला पारेको छ। आइतबार दिउँसो वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको कोठामा उक्त रकम फेला पारेको हो।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।