BIZMANDU
www.bizmandu.com

साँझ ५ बजे डाकियो मन्त्रिपरिषद् बैठक, गभर्नर सिफारिस समितिले पूर्णता पाउने

२०८२ बैशाख १५

साँझ ५ बजे डाकियो मन्त्रिपरिषद् बैठक, गभर्नर सिफारिस समितिले पूर्णता पाउने
साँझ ५ बजे डाकियो मन्त्रिपरिषद् बैठक, गभर्नर सिफारिस समितिले पूर्णता पाउने


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ मन्त्रिपरिषद्को बैठक डाकेका छन्। झन्डै एक सातापछि ओलीले बैठक डाकेका हुन्।

Tata
GBIME
NLIC

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा ५ बजेका लागि डाकिएको छ।

आजको बैठकले गभर्नर सिफारिस समितिको रिक्त सदस्य पदमा नियुक्त गर्ने छ। गत साता समितिबाट पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा गरेपछि एउटा पद रिक्त छ।

गभर्नर सिफारिस समितिमा ऐनले नै अर्थमन्त्रीलाई संयोजक तोकेको छ। अर्को सदस्यमा योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल छन्।

सिफारिस समितिले पूर्णता पाएपछि अर्को बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरिने छ। कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको सहमति अनुसार प्रधानमन्त्री ओलीले डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने स्रोतहरूको दाबी छ।