काठमाडौं। साताको दोस्रो दिन सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले घटेको छ। सोमबारका लागि सुनको कारोबार मूल्य प्रति तोला एक लाख ८८ हजार ३ सय रुपैयाँ निर्धारण नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार तोलामा १ सय रुपैयाँ बढेर प्रति तोला एक लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य दुई दिनयता घट्न थालेको छ। सोमबार चाँदी तोलामा २० रुपैयाँ घटेर प्रति तोला एक हजार ९ सय ७० रुपैयाँ छ। आइतबार १० रुपैयाँ घटेर प्रति तोला एक हजार ९ सय ९० रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै प्रति औंस ३३००.३३ डलर आइपुगेको छ। चाँदी प्रतिऔंस ३२.९ डलर छ। आइतबार सुन ३३१८.४७ डलर र चाँदी प्रति औंस ३३.११ डलरले कारोबार भएको थियो।