काठमाडौं । शिक्षकहरुको प्रदर्शनका कारण आज पनि माइतीघर-बानेश्वर सडकखण्डमा सवारीसाधन संचालनमा रोक लगाइएको छ।
माइतीघरबाट नयाँबानेश्वरतर्फ जाने सवारी साधनलाई विभिन्न स्थानबाट ड्राइभर्ट गरिएको ट्राफिक प्रहरीले जनाएको हो।
सवारी साधनलाई माइतीघर, सिंहदरबार, रणोद्धिप, कृष्णपाउरोटीबाट ड्राईभर्सन गरिएको छ। यस्तै, नयाँ बानेश्वरबाट आउने सवारी साधन भने सर्भिस लेनबाट संचालन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।
यस्तै, काठमाडौं उपत्यकाको जडिबुटी, कोटेश्वर, ग्वार्को, मित्रपार्क, माइतीघर, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, लैनचौर र सोह्रखुट्टे हुँदै चल्ने सवारी साधन क्युमा चलिरहेका छन्।
उपत्यकाको अन्य स्थानको सवारी आवागमन सामान्य रहेको र विभिन्न नाकाहरु हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य तवरले चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ।
विभिन्न माग राख्दै शिक्षकहरु करिब एक महिनादेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्।