BIZMANDU
www.bizmandu.com

गगनलाई लक्षित गर्दै दयालबहादुर शाहीले भने- रुखो कुरा नगर निर्माया बचनको घाउ निको हुँदैन

२०८२ बैशाख १४

गगनलाई लक्षित गर्दै दयालबहादुर शाहीले भने- रुखो कुरा नगर निर्माया बचनको घाउ निको हुँदैन
गगनलाई लक्षित गर्दै दयालबहादुर शाहीले भने- रुखो कुरा नगर निर्माया बचनको घाउ निको हुँदैन


काठमाडौं। नेकपा एमालेका सांसद दयालबहादुर शाहीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि भागबण्डा नपाएको रिसमा प्रधानमन्त्रीमाथि बिचौलियालाई बेडरुमसम्म पहुँच दिएको आरोप लगाएको दाबी गरेका छन्।

Tata
GBIME
NLIC

उनले आइतबार प्रतिनिधि सभामा नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथिकै सैद्धान्तिक छलफलका क्रममा गगनमाथि भागबण्डा नपाएको रिसमा प्रधानमन्त्रीमाथि खनिएको आरोप लगाएका हुन्।

‘आफ्नो पार्टीको भागबण्डा नपरेको रिस खाँबो चिथरे जस्तै प्रधानमन्त्री र मन्त्रीलाई धारे हात लगाउने? जबसम्म यो संस्कार, निन्दा र घृणाको विकास जब गर्छौं तबसम्म अगाडि बढ्न सकिंदैन,’ उनले भने, ‘विपक्षीले गर्नु रुखो कुराको प्रतिछायाँ सत्ता पक्षमा पनि परेपछि संस्कार कस्तो हुन्छ?’

उनले गगनले प्रधानमन्त्रीमाथि लगाएको आरोपलाई निको नहुने घाउ भनेका छन्। ‘रुखो कुरा नगर निर्माया बचनको घाउ निको हुँदैन,’ उनले भने।

शाहीले गगनमाथि राक्षसी रुप देखाएको आरोप लगाए। ‘कस्तो खालको संस्कृति र संस्कार विकास गर्ने?’ त्यसमा ध्यान दिन आवश्यक छ। विधेयक आउँछन् जान्छन्। संशोधन हुन्छ। संस्कार बसाल्न सकेनौं भने नेपालको हवाई क्षेत्रको जुन अन्तर्राष्ट्रिय छवि बिग्रिएको छ, यसमा बिग्रिएको राजनीतिको हात छ,’ उनले भने, ‘पर्यटन भनेको अतिथि ल्याउनु हो। यसका लागि अतिथि देवो भव भन्नुपर्‍यो। आफू राक्षसजस्तो घृणा गरेपछि यो बन्दैन।’