काठमाडौं। भाटभटेनी सुपरमार्केट र बिगमार्टले अबदेखि लेबल भएका वस्तुमात्रै बिक्री गर्ने भएका छन्।
वाणिज्य उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालसगँको भेटघाटमा भाटभटेनी र बिगमार्टका प्रतिनिधिले लेबल भएका वस्तु बिक्री गर्ने बताएका हुन्।
विभागले यी दुई कम्पनीलाई आफूले उत्पादन गरेका वस्तुहरूमा लेबल लगाउन र लेबल भएका आयातित वस्तुमात्र बिक्री गर्न निर्देशन दिएको थियो। भाटभटेनी र बिगमार्टले विभागको निर्देशनको पालना गर्ने प्रतिवद्धता व्यक्त गरेको विभागले जनाएको छ।
उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार उत्पादकले उत्पादन गरेको र आयात गरेको भए आयातकर्ताले बिक्री वितरण गर्ने वस्तुमा उपभोक्ताले बुझ्ने गरी नेपाली वा अग्रेजीमा लेबल लगानुपर्ने कानुनी व्यवस्था रहेको छ।
विभागले केही समयदेखि सामानमा एमआरपीसहितको लेबल लगाउन निर्देशन दिँदै आएको छ।