BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकले मनायो ७०औं वार्षिकोत्सव, कामु गभर्नरले औंल्याइन् अर्थतन्त्रका चुनौती

२०८२ बैशाख १४

राष्ट्र बैंकले मनायो ७०औं वार्षिकोत्सव, कामु गभर्नरले औंल्याइन् अर्थतन्त्रका चुनौती
राष्ट्र बैंकले मनायो ७०औं वार्षिकोत्सव, कामु गभर्नरले औंल्याइन् अर्थतन्त्रका चुनौती


काठमाडौं। नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले निजी क्षेत्रमा अपेक्षाजनक रुपमा कर्जा प्रवाह हुन नसक्नु अहिलेको मुख्य चुनौती भएको बताएकी छन्।

Tata
GBIME
NLIC

उनले आइतबार राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा निजी क्षेत्रमा कर्जा प्रवाह सुस्त हुनु र सरकारले पुँजीगत बजेट खर्च गर्न नसक्नु अर्थतन्त्रका लागि चुनौतीको रुपमा रहेको बताएकी हुन्।

‘अर्थतन्त्रले विस्तारै लय लिइरहेको छ। आयात निर्यात बढिरहेको छ। तर उच्च तरलता एवम् न्यून ब्याजदरका बाबजुद निजी क्षेत्रतर्फ प्रवाहित कर्जा एवम् आन्तरिक मागमा अपेक्षित सुधार हुन नसक्नु, पुँजीगत खर्च अपेक्षित रूपमा बढ्न नसक्नु र सञ्चालनमा रहेका परियोजनाहरू समयमै सम्पन्न हुन नसक्नु जस्ता चुनौती कायमै छन्,’ उनले भनिन्, ‘आन्तरिक अर्थतन्त्रमा संरचनागत एवम् व्यवस्थापनजन्य विषयहरूको सम्बोधन अत्यावश्यक भएको छ।’