BIZMANDU
www.bizmandu.com

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा, हदैसम्म सजाय मागिएको रिटको पेसी मंगलबार

२०८२ बैशाख १४

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा, हदैसम्म सजाय मागिएको रिटको पेसी मंगलबार
बौद्धिक पेशाकर्मी अभियान परिषदद्वारा काठमाडौँमा मङ्गलबारआयोजित नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान, चियापान एवं भेटघाट कार्यक्रममा मन्तव्य राख्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । तस्बिर : गोपाल दाहाल/रासस


काठमाडौं। संवैधानिक निकायका ५२ पदाधिकारीको मुद्दामा सर्वाेच्च अदालतले ‘डिल’ गरिराखेको आरोप लगाएको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ।

Tata
GBIME
NLIC

अधिवक्ताहरु अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले कांग्रेस महामन्त्री थापाको अभिव्यक्तिले सर्वोच्चको सम्मानमा आँच पुगेको भन्दै रिट दायर गराएका हुन्।

संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्चले ‘डिल’ गरिरहेको गगनको आरोपले विचाराधीन मुद्दामाथि हस्तक्षेप गरेको पनि अवहेलना मुद्दामा आरोप लगाइएको छ । 

लोकतन्त्र दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र : अवसर र चुनौती’ विषयक कार्यक्रममा गगनले संवैधानिक आयोगका पदाधिकारीहरूलाई अदालतले ‘तँलाई हान्दिऊँ’ भन्दै झुलाइरहेको आरोप लगाएको रिट निवेदनमा उल्लेख छ।

रिट निवेदकले गगनलाई हदैसम्मको सजाय माग गरेका छन्। सर्वोच्चको अवहेलना मुद्दामा मंगलबारका लागि पेसी तोकिएको छ।