काठमाडौं । आज सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से सूचक ३.५८ अंकले बढेर आज २६६१.६० विन्दुमा पुगेको छ।
कारोबारमा आएका बैंकिङ, विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा कम्पनी र अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन्।
आइतबार १०४ वटा कम्पनीको सेयर मूल्य बढेको छ। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
१४१ वटा कम्पनीका लगानीकर्ताले लगानी गुमाएका छन्। विन नेपाल लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
आज १० अर्ब ८७ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। ङादी ग्रुप पावरको सर्वाधिक ८६ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५६ करोड ३८ लाख, राधी विद्युत ५६ करोड २० लाख र एचआइडीसीयलको ५२ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।