काठमाडौं। भन्सार विधेयक दफाबार छलफलपछि संसदीय समितिबाट प्रतिनिधि सभामा पुगेको छ। अर्थ समितिका सभापति सन्तोष चालिसेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विधेयकमाथिको प्रतिवेदन पेस गरेका हुन्।
यो विधेयक २०८० असोज १८ गते संसद्मा दर्ता हुँदा अर्थमन्त्रीको जिम्मेवारीम नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत थिए। उनीपछि माओवादी केन्द्रका वर्षमान पुन र एमालेका विष्णु पौडेल अर्थमन्त्री बने।
समितिले दफाबार छलफलका लागि प्राप्त भएको एक वर्षपछि बल्ल प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेको हो। २०८० चैत १८ गते आफूकहाँ प्राप्त भएको विधेयक समितिले गत चैत १९ गते पारित गरेको थियो।
विधेयकमाथि सांसदहरुले १४ समूहमा ११७ बुँदामा संशोधन प्रस्ताव दर्ता गराएका थिए।