BIZMANDU
www.bizmandu.com

बजेट वितरणमुखी नबनाउन कांग्रेसले गरायो सरकारलाई सचेत, ‘स्रोतसाधनको उपयोग गरौं’

२०८२ बैशाख १४

बजेट वितरणमुखी नबनाउन कांग्रेसले गरायो सरकारलाई सचेत, ‘स्रोतसाधनको उपयोग गरौं’
बजेट वितरणमुखी नबनाउन कांग्रेसले गरायो सरकारलाई सचेत, ‘स्रोतसाधनको उपयोग गरौं’


काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसले वितरणमुखी बजेट नल्याउन सरकारलाई सचेत गराएको छ।

Tata
GBIME
NLIC

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा कांग्रेसका तर्फबाट सांसद राजेन्द्र केसीले लोकप्रियता आर्जन गर्ने माममा वितरणमुखी कार्यक्रम नल्याउन सरकारलाई सचेत गराएका हुन्।

उनले देशमा उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्ने गरी बजेट बनाउन अर्थमन्त्री विष्णु पौडेललाई सुझाव दिए।

‘वितरणमुखी बजेट बनाएर देश अद्योगतिमा गयो। कुनै पनि बजेट उत्पादन, रोजगारी र निर्यात बढाउने खालको निर्माण हुन सकेन। कुन समूहलाई, भूगोललाई सम्बोधन गर्दा भोट बढ्छ भन्ने हेरियो,’ उनले भने, ‘अर्थमन्त्री अब निर्मम हुनुस्। हाम्रो स्रोत साधन के हो? कृषिमा सम्भावना छ। सुन्तला, स्याउ, आलु निर्यात गर्ने गरी काम गरौं। किसानलाई प्रोत्साहित गरौं। तराईलाई धान र गहुँमा किन प्रोत्साहित गरिरहेका छैनौं? कृषि उपजमा किन आयातमा निर्भर हुनुपरिरहेको हो? पपुलिस्ट बजेटले देशको हित गर्दैन।’

सांसद केसीले जलविद्युत र पर्यटनलाई प्राथमिकतामा राखि युवाहरुलाई रोजगारी दिने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

‘जलविद्युतलाई उपयोग गरौं। ७ करोड जनसंख्या भएका देशमा ९ करोड पर्यटक पुगेको हामीले देखेका छौं। हामीकहाँ पर्यटनको सम्भावना छ। बजेट त्यतातिर केन्द्रित हुनुपर्‍यो। युवाहरुलाई श्रम र उत्पादनसँग जोड्ने कार्यक्रम चाहियो। प्रधानमन्त्री रोजगार कार्यक्रम भनिएको छ तर गाई धपाउन लगाइएको छ। त्यस्तो परम्परागत र वितरणमुखी बजेट नआओस्,’ उनले भने।