BIZMANDU
www.bizmandu.com

वैदेशिक रोजगार म्यादी जीवन बीमाको बिजनेस हिमालयन-रिलाई दिने प्राधिकरणको निर्णय

२०८२ बैशाख १२

वैदेशिक रोजगार म्यादी जीवन बीमाको बिजनेस हिमालयन-रिलाई दिने प्राधिकरणको निर्णय
वैदेशिक रोजगार म्यादी जीवन बीमाको बिजनेस हिमालयन-रिलाई दिने प्राधिकरणको निर्णय


काठमाडौं। वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) संचालनको काम हिमालयन रि-इन्स्योरेन्सले पाएको छ।

Tata
GBIME
NLIC

नेपाल बीमा प्राधिकरणले हिमालयन-रिलाई चार बर्षका लागि कोष प्रवर्धकको जिम्मेवारी दिएको हो। त्यसपछि कोष प्रवर्धकको काम नेपाल रि-इन्स्योरेन्सले गर्नेछ।

प्राधिकरणले गत वर्ष वैदेशिक रोजगार म्यादी जीवन बीमा निर्देशिका जारी गरेर सामूहिक बीमा कोष (पुल) संचालनमा ल्याउने निर्णय गरेको थियो।

गत फागुनमा निर्देशिका संशोधन गरेर पुनर्बीमकले ४ वर्षका लागि पालैपालो कोष प्रबन्धकको रुपमा कार्य गर्ने व्यवस्था गरेको थियो।

प्राधिकरणले कोष सञ्चालनका लागि फागुन पहिलो साता नेपाल रि र हिमालयन रि-इन्स्योरेन्सलाई बोलाएर छलफल गरेको थियो।

छलफलमा वैदेशिक रोजगार बीमालेख वापत प्राप्त रकम जम्मा गर्न सामूहिक बीमा कोषको कोष र खाता हिमालयन रि-इन्स्योरेन्सले संचालन तथा व्यवस्थापन गर्ने सहमति भएको प्राधिकरणको निर्देशनमा उल्लेख छ।