BIZMANDU
www.bizmandu.com

वैकल्पिक विकास वित्त परिचालन विधेयक संसद्‍मा पेस, ‘पूर्वाधार विकासमा स्रोत जुटाउने उद्देश्य’

२०८२ बैशाख १२

वैकल्पिक विकास वित्त परिचालन विधेयक संसद्‍मा पेस, ‘पूर्वाधार विकासमा स्रोत जुटाउने उद्देश्य’
वैकल्पिक विकास वित्त परिचालन विधेयक संसद्‍मा पेस, ‘पूर्वाधार विकासमा स्रोत जुटाउने उद्देश्य’


काठमाडौं। सरकारले पूर्वाधार क्षेत्रमा लगानी परिचालन गर्न एक खर्ब अधिकृत पुँजी र २५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहने गरी कल्पिक विकास वित्त कोष स्थापना गर्ने सम्बन्धी विधेयक संसद्‍मा पेश गरेको छ।

Tata
GBIME
NLIC

प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस गरेका हुन्।

उनले आगामी दशकमा १०० खर्बभन्दा बढी लगानी आवश्यक पर्ने देखिएको तर सरकारले वार्षिक २/३ खर्बभन्दा लगानी गर्न नसकिरहेकाले स्रोत अभाव पूर्ति गर्दै प्राथमिकता प्राप्त आयोजनामा लगानी जुटाउने उद्देश्यले विधेयक ल्याएको बताए।

‘आगामी दशकमा १०० खर्बभन्दा बढी लगानी आवश्यक पर्ने देखिन्छ। तर, सरकारले वार्षिक २/३ खर्बभन्दा लगानी गर्न सकिरहेको छैन। लगानीको आवश्यकतामा रहेको कमी परिपूर्तिका लागि नवीन स्रोत आवश्यक छ,’ उनले भने, ‘विद्युत उत्पादन र प्रसारणलाइन, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, स्मार्ट सिटी, सडक, सिंचाइ, विमानस्थल निर्माण लगायतमा ठूलो लगानी आवश्यक छ। वित्तीय स्रोतको अभाव पूर्ति गर्दै प्राथमिकता प्राप्त पूर्वाधारका आयोजनामा दीर्घकालीन लगानी जुटाउने उद्देश्यले विधेयक ल्याइएको हो।’

विधेयकमा आवश्यक स्रोत व्यवस्था गरी उच्च प्रतिफलयुक्त दिगो पूर्वाधार विकास गर्न कोष स्थापना गर्ने प्रस्ताव छ। कोषमा सरकारको ५१ प्रतिशत सेयर रहने भनिएको छ।