BIZMANDU
www.bizmandu.com

९५ करोड रुपैयाँमा लिलाम भयो कोबी ब्रायन्टको ‘डेब्यू’ जर्सी, इतिहासको चौथो महँगो

२०८२ बैशाख १२

९५ करोड रुपैयाँमा लिलाम भयो कोबी ब्रायन्टको ‘डेब्यू’ जर्सी, इतिहासको चौथो महँगो
९५ करोड रुपैयाँमा लिलाम भयो कोबी ब्रायन्टको ‘डेब्यू’ जर्सी, इतिहासको चौथो महँगो


काठमाडौं। अमेरिकी बास्केटबल लिजेन्ड कोबी ब्रायन्टको जर्सी ७० लाख अमेरिकी डलर (९५ करोड रुपैयाँ)मा बिक्री भएको छ। लस एन्जलस लेकर्सको प्रि-सिजन र नियमित सिजन डेब्यूको समयमा लगाएको जर्सी साथवीको लिलामीमा ७० लाख डलर अर्थात करिब ९५ करोड ७० लाख नेपाली रुपैयाँमा लिलामी भएको हो।

Tata
GBIME
NLIC

यो जर्सी कोबीले १९९६-९७ सिजनको सातवटा खेलमा लगाएका थिए। जसमा प्रि-सिजन डेब्यू, ३ नोभेम्बरको नियमित सिजन डेब्यू र एनबीए मिडिया डे समावेश छन्।

यो जर्सी हालसम्म लिलामीमा परेका जर्सीमध्ये चौथो ठूलो रकममा बिड भएको हो। यसअघि धेरै रकममा लिलामी भएका जर्सीमा डिएगो म्यारोडोनाको ‘ह्याण्ड अफ गड’ जर्सी ९.३ मिलियन डलर, माइकल जोर्डनको ‘लास्ट डान्स’ जर्सी १०.१ मिलियन डलर र बेब रुथको ‘कल्ड सट’ २४ मिलियन डलरमा बिक्री भएको थियो।

ब्रायन्ट ५ पटक एनबीए च्याम्पियन बनेका थिए। सन् २०२० मा हेलिकप्टर दुर्घटनामा उनको ४१ वर्षको उमेरमा निधन भएको थियो। त्यस दुर्घटनामा उनकी १३ वर्षकी छोरी गियाना र सात अन्य व्यक्तिहरूको पनि निधन भएको थियो।