BIZMANDU
www.bizmandu.com

संसद्को क्यालेण्डर : नीति तथा कार्यक्रम वैशाख १९ मा, प्रि-बजेट छलफल ३० गतेदेखि

२०८२ बैशाख १२

संसद्को क्यालेण्डर : नीति तथा कार्यक्रम वैशाख १९ मा, प्रि-बजेट छलफल ३० गतेदेखि
संसद्को क्यालेण्डर : नीति तथा कार्यक्रम वैशाख १९ मा, प्रि-बजेट छलफल ३० गतेदेखि


काठमाडौं। संघीय संसद्‍को बजेट अधिवेशन शुक्रबार सुरु भएको छ। सरकारले आफ्नो नीति तथा कार्यक्रम वैशाख १९ गते प्रस्तुत गर्ने भएको छ।

Tata
GBIME
NLIC

सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‍का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन्।

नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि छलफल हुनेछ। वैशाख महिनाभरिका लागि सार्वजनिक गरिएको संसद्‍को क्यालेण्डर अनुसार नीति कार्यक्रममाथि प्रधानमन्त्री केपी शर्मा ओलीले २८ गते जवाफ दिनेछन्।

संसद् सचिवालयका अनुसार बजेटको सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभामा वैशाख २८ गते प्रस्तुत गरिने छ। बजेटको सिद्धान्त र प्राथमिकतामाथि वैशाख ३० देखि छलफल सुरु हुनेछ।