BIZMANDU
www.bizmandu.com

साताको अन्तिम दिन सस्तियो सुन, तोलामा एक हजार रुपैयाँ गिरावट, चाँदीको भाउ पनि ओरालो

२०८२ बैशाख १२

साताको अन्तिम दिन सस्तियो सुन, तोलामा एक हजार रुपैयाँ गिरावट, चाँदीको भाउ पनि ओरालो
साताको अन्तिम दिन सस्तियो सुन, तोलामा एक हजार रुपैयाँ गिरावट, चाँदीको भाउ पनि ओरालो

काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य घटेको छ। सुन तोलामा १ हजार रुपैयाँले घटेको हो।

Tata
GBIME

शुक्रबारका लागि सुनको मूल्य प्रति तोला एक लाख ८९ हजार ६०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार २०० रुपैयाँले बढेर प्रति तोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलामा ७ हजार ५०० रुपैयाँ घटेको थियो।

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेर प्रति तोला २ हजार रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य शुक्रबार प्रति औंस ३३२३.६१ डलरमा झरेको छ। बिहीबार प्रति औंस ३३२७.५६ डलरमा कारोबार भएको थियो। यस्तै चाँदी प्रति औंस ३३.४६ डलरमा कारोबार भइरहेको छ।