BIZMANDU
www.bizmandu.com

दोर्दी खोला हाइड्रोपावरको हकप्रद निष्कासन अवधि थप, आइतबारसम्म आवेदन दिन सकिने

२०८२ बैशाख १२

दोर्दी खोला हाइड्रोपावरको हकप्रद निष्कासन अवधि थप, आइतबारसम्म आवेदन दिन सकिने
दोर्दी खोला हाइड्रोपावरको हकप्रद निष्कासन अवधि थप, आइतबारसम्म आवेदन दिन सकिने


काठमाडौं । दोर्दी खोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन बिक्री अवधि फेरि थपेको छ। कम्पनीले हकप्रद सेयरमा आवेदन दिन छुटेकाहरुलाई मौका दिन बैशाख १४ गतेसम्म निष्कासन खुला गर्ने निर्णय गरेको हो।

Tata
GBIME
NLIC

कम्पनीले चैत १९ देखि बैशाख ८ गतेसम्म चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो। तोकिएको समयमा माग अनुसार आवेदन नपरेपछि कम्पनीले निष्कासन अवधि बढाएको हो।

दोर्दी खोलाको हाल चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख रुपैयाँ छ। हाइड्रोपावरले चुक्ता पुँजीको १:१ अनुपातमा प्रति सेयर १०० अंकित दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्री खुलाएको छ।

कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको थियो। बुक क्लोज अघि कायम सेयरधनीले २०८२ बैशाख ८ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

कम्पनीले गत माघमा सेबोनबाट हकप्रद निष्कासनको अनुमति पाएको थियो। कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ।