काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था खुद नाफामा बढाउन सफल भएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा संस्थाको खुद नाफा ४.४५ प्रतिशतले बढेको हो।
ब्याज आम्दानी बढ्दा लघुवित्तको खुद नाफामा बढेको हो। चैतसम्म लघुवित्तले कर्जा नोक्सानीबापत् १२ करोड ४२ लाख ८१ हजार रुपैयाँ प्रोभिजनिङ गरेको छ।
चैत मसान्तसम्म लघुवित्तले १२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। पोहोर यसै अवधिमा लघुवित्तले १२ करोड ३८ लाख रुपैयाँ नाफा गरेको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी २१.१६ प्रतिशतले बढेको छ। खराब कर्जा ७.६१ प्रतिशतबाट बढेर ९.४९ प्रतिशतमा पुगेको छ। चैतमा लघुवित्तको वितरणयोग्य नाफा १ करोड ३४ लाख रुपैयाँले ऋणात्मक छ। लघुवित्तको ब्याज आम्दानीसँगै नाफा बढे पनि खराब कर्जा बढेर नोक्सानी थपिदा वितरणयोग्य नाफा ऋणात्मक देखिएको हो।
लघुवित्तको प्रति सेयर आम्दानी १२.१५ रुपैयाँ र प्रति सेयर नेटवर्थ १५२.९१ रुपैयाँ छ।