BIZMANDU
www.bizmandu.com

हेजलवुडको घातक बलिङ र बिराटको ब्याटिङमा राजस्थानमाथि बेङ्ग्लुरुको जित

२०८२ बैशाख १२

हेजलवुडको घातक बलिङ र बिराटको ब्याटिङमा राजस्थानमाथि बेङ्ग्लुरुको जित
हेजलवुडको घातक बलिङ र बिराटको ब्याटिङमा राजस्थानमाथि बेङ्ग्लुरुको जित


काठमाडौं। रोयल च्यालेन्जर्स बेङ्ग्लुरुले राजस्थान रोयल्सलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा बेङ्ग्लुरुले राजस्थानलाई ११ रनले हराएको हो।

Tata
GBIME
NLIC

बेङ्ग्लुरुस्थित एम चिन्नस्वामी स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लुरुले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनायो। यसमा विराट कोहलीले सर्वाधिक ७० रन बनाउँदा देवदत्त पार्डिकलले ५०, फिल साल्टले २६ तथा टिम डेभिडले २३ रन बनाए।

बलिङतर्फ राजस्थानमा सन्दीप शर्माले २ विकेट लिँदा जोफ्रा आर्चर र वानिन्दु हषरंगशाले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थान ९ विकेट गुमाएर १९४ रनमा समेटियो। राजस्थानका लागि यशस्वी जैसवालले सर्वाधकि ४९ रन बनाउँदा ध्रुव जुरेलले ४७, नितिश रानाले २८, रियान परागले २२ तथा वैभव सूर्यांशीले १६ रन बनाए पनि टोलीलाई लक्ष्यसम्म पुर्‍याउन सकेनन्।

बलिङमा बेङ्ग्लुरुका जोस हेजलवुडले सर्वाधिक ४ विकेट लिँदा क्रुणाल पाण्ड्याले २ तथा भुवनेश्वर कुमार र यस डालले समान १ विकेट लिए। जितसँगै १२ अंक बनाएको बेङ्ग्लुरु शीर्ष तीनमा उक्लिएको छ। समान १२ अंक बनाएका गुजरात टाइटन्स, दिल्ली क्यापटिल्स र बेङ्ग्लुरु शीर्ष तीनमा छन्। ९ खेलबाट ४ अंकमात्रै बनाएको राजस्थान ४ अंकसहित आठौं स्थानमा छ। बाहिरिने संघारमा रहेको उसको अब प्लेअफ पुग्न उसको गणीतिय समीकरणमात्रै बाँकी छ।