BIZMANDU
www.bizmandu.com

डिपल इभी किन्न चाहनेका लागि ‘अनमिसेबल प्रि–बजेट अफर’, यस्तो छ सुविधा

२०८२ बैशाख ११

डिपल इभी किन्न चाहनेका लागि ‘अनमिसेबल प्रि–बजेट अफर’, यस्तो छ सुविधा
डिपल इभी किन्न चाहनेका लागि ‘अनमिसेबल प्रि–बजेट अफर’, यस्तो छ सुविधा


काठमाडौं। नेपालका लागि डिपल इभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले आकर्षक अफरसहित ‘अनमिसेबल’ प्रि–बजेट स्किम घोषणा गरेको छ।

Tata
GBIME
NLIC

कम्पनीले आगामी आर्थिक वर्षको बजेटलाई लक्षित गरी ‘अनमिसेबल प्रि–बजेट अफर’ ल्याएको हो। बजेट जेठ १५ गते सार्वजनिक हुन्छ। कम्पनीले ४५ दिनका लागि अफर ल्याएको हो।

बजेटमार्फत करका दर हेरफेर हुन सक्ने भएकाले ग्राहकका लागि नयाँ अफर ल्याएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नयाँ अफरमा अहिलेसम्मकै धेरै नगद छुटका साथै पुरानो गाडीमा एक्सचेञ्ज बोनसको व्यवस्था छ।

ग्राहकले आर्थिक वर्ष २०८२/८३ को सडक कर तिर्नुपर्दैन। कम्पनीले नै तिर्नेछ। यस्तै कम्प्रिहेन्सिभ अटो प्लस बीमाको व्यवस्था रहेको कम्पनीले जनाएको छ। गाडी किन्न चाहनेले २० प्रतिशत डाउनपेमेन्टममा ८.९९ प्रतिशत ब्याजदरमा ऋण पाउनेछन्।

यो अफरमा ग्राहकले ७ किलोवाटको वाल चार्ज र ३ किलोवाटको ट्राभल चार्जर निःशुल्क पाउनेछन्। बजारमा इभीमा कर बढ्ने हल्ला फैलिरहेका बेला आकर्षक अफरसहित पुरानो मूल्यमा डिपल इभी खरिद गर्न यो अन्तिम मौका हुनसक्ने कम्पनीले जनाएको छ।।