BIZMANDU
www.bizmandu.com

मोबाइल वितरक संघको नयाँ कार्यसमितिलाई एसोसिएसनको बधाई, सहकार्यमा जोड

२०८२ बैशाख ११

मोबाइल वितरक संघको नयाँ कार्यसमितिलाई एसोसिएसनको बधाई, सहकार्यमा जोड
मोबाइल वितरक संघको नयाँ कार्यसमितिलाई एसोसिएसनको बधाई, सहकार्यमा जोड

काठमाडौं। मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनले नेपाल मोबाइल वितरक संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई दिएको छ।

Tata
GBIME

एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राले संघका नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठीसहित कार्यसमिति सदस्यहरूलाई बधाई दिएका हुन्।

मल्होत्राले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को प्रभावकारी कार्यान्वयनमा एसोसिएसन, संघ र नेपाल मोबाइल व्यवसायी महासंघबीचको सहकार्यलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए।

एसोसिएसनका उपाध्यक्ष संजय अग्रवालले उधारो कारोबार र अबैध आयातलाई रोक्नुपर्ने आवश्यकता औंल्याए।

संघका नवनिर्वाचित अध्यक्ष त्रिपाठीले मोबाइल बजारका चुनौती सम्बोधनका लागि सहकार्य बढाउन आवश्यक रहेको बताए।