BIZMANDU
www.bizmandu.com

गगन थापाले सुनाए कांग्रेसको ‘बाध्यता’, भने : आवश्यक परे सरकारबाट बाहिर जान्छौं

२०८२ बैशाख ११

गगन थापाले सुनाए कांग्रेसको ‘बाध्यता’, भने : आवश्यक परे सरकारबाट बाहिर जान्छौं
गगन थापाले सुनाए कांग्रेसको ‘बाध्यता’, भने : आवश्यक परे सरकारबाट बाहिर जान्छौं


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आवश्यक परे सरकार छाडने चेतावनी दिएका छन्। लोकतन्त्रको अवसर र चुनौती विषयक अन्तक्रियामा थापाले आफ्नो पार्टीको जिम्मेवारी र भूमिकालाई लिएर सरकारमै बस्न आवश्यक नभए सरकारबाटै बाहिरिन सक्ने बताएका हुन्।

Tata
GBIME
NLIC

‘पर्‍यो भने सरकारबाट बाहिर जान्छौं। हाम्रा फन्डामेन्टल कुरा छन्। हामी संस्थाहरु निर्माण गर्ने कुराहरु छन्,’ उनले भने।

उनले कांग्रेस आवेगमा नआउनेसमेत बताए। आफ्नो पार्टीको भूमिका जस्तो कुनै पनि अरु पार्टीको नभएको उनको दाबी छ।

‘हामी उत्तेजनामा आएर पनि हुँदैन नैराश्यतामा आएर पनि हुँदैन। समस्याको समाधान पनि दिनुपर्छ। हाम्रा बाध्यता छन्। हामी सरकारमा छौं,’ उनले भने।

उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व उप राष्ट्रपति नन्दकिशोर पुन सक्रिय राजनीतिमा फर्किन लागेकोमा आपत्ति पनि जनाए।

‘हाम्रो पार्टीको सदस्य जो राष्ट्रपति हुनु भएको छ उहाँ फर्केर पार्टीमा आउनु भएन। उहाँले त्यो गौरव राख्नुभएको छ,’ उनले भने।