काठमाडौं । वाइवाइ चाउचाउले थोक बिक्रेताहरुलाई लक्षित गर्दै संचालन गरेको ‘थोक विक्रेता उपहार योजना’ अन्तर्गत जोरपाटीस्थित तिवारी स्टोरका संचालक रामेश्वर तिवारीले नेटा भी कार जितेका छन्। तिवारीलाई वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले ललितपुरमा आयोजित कार्यक्रममा कार हस्तान्तरण गरे।
काठमाडौं, भक्तपुर र ललितपुरका थोक बिक्रेताहरुलाई लक्षित गर्दै संचालन गरिएको योजना अन्तर्गत प्रत्येक ५० कार्टुन वाइवाइ चाउ चाउ खरिद गर्दा थोक बिक्रेताहरुलाई पहेँलो कुपन र ५०० कार्टुन खरिद गर्दा हरियो कुपन प्रदान गरिएको थियो। जसबाट थोक बिक्रेताहरुले लक्की ड्र मा समाबेश हुने अवसर प्राप्त गरेका थिए।
लक्की ड्र मार्फत भाग्यशाली थोक बिक्रेताहरुले नेटा भी गाडी, हिरो एक्सपल्स मोटरसाइकल, एलजी टेलिभिजन, एलजी फ्रिज, शाश्वत धाम घुम्ने प्याकेज, स्मार्ट वाच जस्ता उपहार जित्न सक्ने वाइवाइले घोषणा गरेको थियो।
यही योजनाअन्तर्गत काठमाडौंको केएबि स्टोर, राम एण्ड गणेश स्टोर र हाम्रो स्टोर, भक्तपुरको उज्वल स्टोर र ललितपुरका प्रकाश प्रधानले हिरो एक्सपल्स मोटरसाइकल जितेका छन्।
त्यस्तै, उपत्यकाका ५ थोक विक्रेताले ५५ इन्चको एलजी टिभी, १० थोक बिक्रेताले एलजीको फ्रिज, ५० जनाले साश्वतधाम भ्रमण प्याकेज र ७० जनाले स्मार्ट वाच जितेका छन्।
वाइवाइका सीईओ पुडासैनीले वाइवाइको सफलताको श्रेय नेपाली उपभोक्ताको माया र वितरण संजालमा संलग्न सबै साझेदारलाई जाने बताए।