BIZMANDU
www.bizmandu.com

लोकतन्त्र दिवसको अवसरमा शशांकको चियापान, देखिएनन् शेखर र दुई महामन्त्री

२०८२ बैशाख ११

लोकतन्त्र दिवसको अवसरमा शशांकको चियापान, देखिएनन् शेखर र दुई महामन्त्री
लोकतन्त्र दिवसको अवसरमा शशांकको चियापान, देखिएनन् शेखर र दुई महामन्त्री


काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले बिहीबार आफ्नो निवासमा चियापान आयोजना गरेका छन्। लोकतन्त्र दिवसको अवसर पारी महाराजगञ्जमा आयोजना गरेको कार्यक्रममा उनी निकट नेता कार्यकर्ता पुगेका थिए।

Tata
GBIME
NLIC

चियापानमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, उर्जामन्त्री दीपक खड्का, दिपक गिरी, कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत, महेश आचार्य, संजय गौतम, सुनिल शर्मा, एनपी साउदलगायत नेताहरु पुगेका थिए।

चियापानमा शेखर कोइराला र दुई महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा भने देखिएनन्।

१५ औं महाधिवेशन नजिकिँदा शशांक कोइराला, प्रकाशमान र विमलेन्द्र निधिबीच छलफल बाक्लिएको छ। चियापानमा सबैलाई निम्तो दिन नपाएको शशांकको सचिवालयले जनाएको छ।