काठमाडौं । नागार्जुन नगरपालिका-६ पुरानो ट्याम्पो पार्कस्थित घरबाट गरगहना चोरी भएको छ।
सो क्षेत्रमा डेरा गरि बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-३ घर भएकी २७ वर्षीया संगिता मुढवारीको कोठाबाट सुनको
सिक्री १ थान, तिलहरी १ थान र नगद समेत चोरी भएको हो।
कोठाबाट सबै सामान गरि करिब १ लाख २८ हजार ९५० रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ।
प्रहरीले चोरीमा संलग्नहरुको खोजी गरिरहेको छ।