BIZMANDU
www.bizmandu.com

फेरि उकालो लाग्यो सुनचाँदीको मूल्य, सुन तोलामा २ सय र चाँदी ४५ रुपैयाँले महँगियो

२०८२ बैशाख ११

फेरि उकालो लाग्यो सुनचाँदीको मूल्य, सुन तोलामा २ सय र चाँदी ४५ रुपैयाँले महँगियो
फेरि उकालो लाग्यो सुनचाँदीको मूल्य, सुन तोलामा २ सय र चाँदी ४५ रुपैयाँले महँगियो


काठमाडौं। घट्न थालेको सुनचाँदीको भाउ पुनः उकालो लागेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा २०० र चाँदी तोलामा ४५ रुपैयाँ बढेको छ।

Tata
GBIME
NLIC

बिहीबारका लागि सुनको कारोबार मूल्य प्रति तोला १ लाख ९० हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सुन तोलामा ७ हजार ५ सय रुपैयाँ घटेर प्रति तोला १ लाख ९० हजार ४ सय रुपैयाँमा आइपुगेको थियो। मंगलबार तोलामा ६ हजार ९०० रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दु एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बिहीबार प्रति तोला २ हजार १० रुपैयाँ भएको छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रति तोला १ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य घटे पनि स्थानीय बजारमा बढेको हो। बुधबार प्रति औंस ३३४५.०८ डलर रहेको सुनको मूल्य बिहीबार प्रति औंस ३३२७.५६ डलर छ। चाँदी भने बढेको छ। प्रति औंस ३३.३९ डलर छ। बुधबार चाँदी प्रति औंस ३२.८८ थियो।