BIZMANDU
www.bizmandu.com

नेको इन्स्योरेन्सको लाभांश घोषणा, लगानीकर्तालाई ७ प्रतिशत बोनस सेयर दिने

२०८२ बैशाख ११

नेको इन्स्योरेन्सको लाभांश घोषणा, लगानीकर्तालाई ७ प्रतिशत बोनस सेयर दिने
नेको इन्स्योरेन्सको लाभांश घोषणा, लगानीकर्तालाई ७ प्रतिशत बोनस सेयर दिने

काठमाडौं। नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ७.३६८४ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

Tata
GBIME

इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब ५१ करोड रुपैयाँ छ। नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।

नेकोले २०७७/७८ र २०७८/७९ मा १५/१५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।