BIZMANDU
www.bizmandu.com

पियोर इनर्जीको आइपीओ बाँडफाँड, १ लाख १९ हजारलाई १० कित्ता, १७ लाखको हात खाली

२०८२ बैशाख ११

पियोर इनर्जीको आइपीओ बाँडफाँड, १ लाख १९ हजारलाई १० कित्ता, १७ लाखको हात खाली
पियोर इनर्जीको आइपीओ बाँडफाँड, १ लाख १९ हजारलाई १० कित्ता, १७ लाखको हात खाली

काठमाडौं। पियोर इनर्जीको आइपीओ बाँडफाँड भएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले बिहीबार बाँडफाँड गरेको हो।

Tata
GBIME

१ लाख १९ हजार ५२० आवेदकले १० कित्ताका दरले आइपीओ हात पारेका छन्।

कम्पनीको आइपीओमा १८ लाख ५४ हजार ४९७ जनाले २ करोड १० लाख ५३ हजार ४६० कित्ता सेयरका लागि आवेदन दिएकामा १८ लाख ४६ हजार ६६४ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ।

स्वीकृत आवेदनमध्ये १७ लाख २७ हजार १४४ आवेदनको हात खाली भएको छ। पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

आइपीओको नतिजा पियोर इनर्जी, बिक्री प्रबन्धक र सीडीएससीको वेभसाइटबाट हेर्न सकिन्छ।