BIZMANDU
www.bizmandu.com

दशरथ रंगशालमा ब्राजिलका फुटबल लेजेण्ड रोबर्टो कार्लोसको फ्रि-किक, गरे दुई गोल

२०८२ बैशाख १०

दशरथ रंगशालमा ब्राजिलका फुटबल लेजेण्ड रोबर्टो कार्लोसको फ्रि-किक, गरे दुई गोल
दशरथ रंगशालमा ब्राजिलका फुटबल लेजेण्ड रोबर्टो कार्लोसको फ्रि-किक, गरे दुई गोल


काठमाडौं। ब्राजिलका फुटबल लेजेण्ड रोबर्टो कार्लोसले दशरथ रंगशालमा फ्रि-किक हानेका छन्।

Tata
GBIME
NLIC

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधबार धनगढी एफसी र पोखरा थण्डर्सबीचको क्वालिफायर टू म्याच हेर्न दशरथ रंगशालमा उपस्थित भएका कार्लोसले खेलको हाफ टाइममा फ्रि-किक हानेका हुन्।

उनले फ्रि-किक प्रहार गर्दा ललितपुर सिटीका गोलकिपर समित श्रेष्ठले गोलपोष्ट सम्हालेका थिए।

कार्लोसले २ वटा फ्रि-किकमा गोल गरे। उनका केही प्रहार श्रेष्ठले बचाए भने केही फ्रि-किक गोलपोस्ट माथिबाट बाहिरियो।

फ्रि-किकअघि उनले रेफ्री प्रज्वल क्षत्रीलाई म्याचबल दिएका थिए।

कार्लोसको उपस्थितिका कारण रंगशालामा दर्शकको संख्या बढेको छ। पहिलो हाफसम्म पोखरा र धनगढी गोलरहित बराबरीमा छन्।